
काठमाडौं – प्रभु बैंक लिमिटेडले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको यो गत वर्षको भन्दा ४.२२% ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकका यी दुई सूचक क्रमशः १४.१२% र १२.९४% बढेका हुन् । ६ महिनाको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड ३० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । पुस मसान्तसम्म १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ९५ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा छ । प्रभुको खराब कर्जा बढेर ३.१२% पुगेको छ । खराब कर्जा वृद्धि हुँदा प्रोभिजनमा राख्ने रकम वृद्धि गर्नुपरेको छ । यसले पनि खुद नाफा वृद्धिमा असर गरेको हो ।
गत वर्ष ३ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्