×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

५ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसंग अनुमति मागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता  सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ ।
बैैंकले ८ बर्ष अवधिको ‘प्रभु बैंक ऋणपत्र–२०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । रेटिङ एजेन्सी केएर नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी