केहि समय अघि चर्चित र्यापर भिटेन पक्राउ परे । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गर्यो । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका थिए । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको थियो ।
यो प्रकरणमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गरेका थिए ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए ।जवाफमा उनले परिवारसँग बसेर तीनले गाएको गीत सुन्ने समर्थन राख्नुहुन्छ ? भनेर प्रतिप्रश्न गरे । ‘भिटेनको र्याप परिवारसँग बसेर हेर्न सक्नुहुन्छ ?’ उनले प्रतिप्रश्न गरेका थिए ।
तर अहिले उनको घुसकाण्डको अडियो सार्वजनिक हुँदा उनले मु* भन्ने अश्लील शब्द बोलेका छन् । के यो शब्दचाहिं सुन्न सकिने शब्द हो त ? ‘भिटेनको र्याप परिवारसँग बसेर हेर्न सक्नुहुन्छ ?’ भन्ने मन्त्रीलाई मेरो प्रश्न, ‘मु*’ शब्दचाहीं सुन्न सकिन्छ ?’