×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिमियर इन्स्योरेन्सको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

Artha Sarokar

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । नागरिक लगानी कोषले संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो । यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन्। 
कम्पनीले संस्थापक समूहको सेयर माघ २९ गतेदेखि बिक्री खुला गरेको हो । यस सेयरमा लगानीकर्ताले न्यूनतम १७ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नारायणचौर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी