
काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पुसमसान्तसम्ममा अधिकांश सूचकहरुसँगै खुद नाफा २२.६१% ले वृद्धि गरी १ अर्ब ३० करोड रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
बैंकको यो नाफा गत वर्षको भन्दा २३ करोड ९८ लाख रुपैयाँले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६ करोड खुद नाफा कमाएको थियो।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकका दुइ सूचक सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी पनि बढेका छन् ।जसकारण खुद नाफा बढेको देखिन्छ । पुस मसान्त सम्ममा बैंकले खुद ब्याज आम्दानी ३९ करोड २४ लाख रुपैयाँले बढाएर २ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । यस्तै सञ्चालन मुनाफा पनि २२ करोड ९२ लाख रुपैयाँले बढाएर १ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ ।
हाल यस बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रहेको छ । जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ जम्मा गरेको छ । सो अवधिसम्ममा बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको पनि वित्तीय विवरणमा उल्लेख छ ।
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ ।बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ भने कोषको लागत ७.६५ प्रतिशत रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्