काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न कम्पनीले बुकक्लोज मिति तय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ६०% हकप्रद सेयर जारी गर्न माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस अनुसार माघ २६ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले पनि कम्पनीलाई १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । यसर्थ, कम्पनीले अब छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्