×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको ‘चुमुक-चुमुक’ले सिकाएको पाठ : ‘हेप्नी ? होइन… जनतालाई नहेप्नी है !’

{"authorname":"default_author","author":"सुनिल पौडेल", "thumbnailLabel":"Jyoti Bikas Bank"}
काठमाडौँ – सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा पदबाट राजिनामा दिएका छन् । घुस प्रकरणमा मुछिएपछि उनले पदबाट राजिनामा दिएका हुन् । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएपछि उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
राजिनामाले सिकाएको पाठ :
यसो त गोकुल बाँस्कोटा सरकार गठन भएदेखि नै बदनाम मन्त्रीका रुपमा कुख्यात थिए । ‘पत्रकारले आफ्नी आमालाई तिमी भन्छन्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपलाई बढावा दिने उनी प्राय: मन्त्रालयदेखि अधिकांस ठाउँमा अरुलाई हेपेर बोल्ने गरेको आरोप चौतर्फी लागेको थियो ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समेत आफ्ना हरेक भाषणमा पत्रकारलाई सभ्यता र व्यवसायिकताको पाठ पढाउँदै आएका थिए । पत्रकारले कसरी लेख्नुपर्छ भनेर अर्ति उपदेश दिन्थ्ये । ठुला ठुला कुरा गर्थ्य । त्यो पनि अरुलाई हेपेर । अन्तत: उनको ७० करोडको काण्ड बाहिरियो र उनको पद पनि गुम्यो । उनको पद गुमेसंगै अव हरेक नेताले यो बुझ्नुपर्छ, ‘जनतालाई हेप्ने होइन सम्मान गरेर सरकार चलाउनुपर्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: