×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सङ्कलन र कर्जा लगानी कति ?

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको यो नाफा गत वर्षको भन्दा ८.३१% ले थोरै हो ।
गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा बैंकको आधार दर ६.६०% र स्प्रेड दर ५.५३% रहेको छ ।
यस्तै, ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको राष्ट्रिय वाणिज्य बैंकले जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख रुपैयाँ जम्मा गरेको छ । सञ्चालन मुनाफा भने ३७ करोड २१ लाख रुपैयाँ घटेर ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँमा कायम भएको छ ।
पुस मसान्तसम्ममा १ खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ छ भने वितरण योग्य मुनाफा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: