
काठमाडौं । राष्ट्रिय योजना आयोगले कुनैपनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरुलाई निर्देशन दिएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो । उहाँले कुनैपनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताउनुभयो । उहाँले आयोजना बैंक पूर्णरुपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजना मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने बताउनुभयो ।
उपाध्यक्ष कंडेलले राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको बताउनुभयो । त्यस्तै उहाँले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको बताउनुभयो । उहाँले तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकालो आयोजनाहरु कार्यान्वयनमा लैजान समस्या भएको बताउनुभयो । उहाँले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेति, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायका परियोजनाहरु कार्यान्वयन हुन नसक्नुको कारण योजना बिना नै घोषणा गरिनु रहेको उहाँले बताउनुभयो ।
बैठकमा सबैमन्त्रालयका मन्त्री तथा प्रदेश प्रमुखहरुले अन्तर मन्त्रालय समन्वय राम्रोसँग नहुँदा बजेट खर्च कम भएको र संघीय सरकारले उच्च पदस्थ कर्मचारीहरुको सरुवा गर्ने प्रवृतिका कारण अपेक्षित काम हुन नसकेको गुनासो गरेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्