×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरले गर्यो आकर्षक प्रगति, खुद नाफा १५१.६८ प्रतिशतले वृद्धि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिडी हाइड्रोपावरले गर्यो आकर्षक प्रगति, खुद नाफा १५१.६८ प्रतिशतले वृद्धि !

Artha Sarokar

२६ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड १९ लाख ४० हजार रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको तुलनामा १५१.६८%ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ८७ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, विद्युत बिक्रीबाट हुने आम्दानी पनि १२०.११% ले बढेको छ।  गत वर्ष १ करोड ३३ लाख २५ हजार रुपैयाँबाट बढेर २ करोड ९३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । यता, अन्य स्रोतबाट हुने आम्दानी पनि ८ हजार रुपैयाँले बढे २४ हजार ९८२ रुपैयाँ पुगेको छ । 
यो पुसमसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ५३ करोड ११ दाख १८ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १३ पैसा रहेको रिडीको  प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७० पैसा रहेको विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी