
काठमाडौँ । साना लगानीकर्ताको पहुँचमा मार्जिन कारोबार नपुगेको पाइएको छ । पछिल्ला केहि दिनयता सेयर बजारमा निकै सुधार हुँदै गएका बेला ऋण खोजेरै सेयरमा पैसा हाल्नेहरु बढेका छन् । यस्तै बेलाका लागि उपयोगी हुन्छ भन्ने अनुमान गरिएको मार्जिन कारोबारमा साना लगानीकर्ताहरुको भने पहुँच नै नपुगेको पाइएको छ । बजार बढेसँगै ब्रोकर कार्यालयहरुमा पनि लगानीकर्ताहरुको भीड लाग्दा ब्रोकर कम्पनीबाट नै पाइने मार्जिन कारोबारमा भने साना लगानीकर्ताहरु आकर्षित नभएको पाइएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट उक्त कारोबारका लागि अनुमति पाएका २१ ब्रोकर कम्पनीमध्ये २ वटा कम्पनीले मात्र मार्जिन कारोबार गरिरहेका छन् । हालसम्म ५० नम्बर र ३३ नम्बरको ब्रोकरबाट मात्र मार्जिन लोनको कारोबार भएको छ।यद्यपी यी २ कम्पनीमा पनि ठुलैले मात्र पहुँच राखिरहेका छन् ।

बैंकभन्दा बढी ब्याज भएकाले पनि आकर्षित भएनन् लगानीकर्ता
यतिबेला सेयर बजारमा रौनक छ । बैंक ब्याजदर घट्दो क्रममा रहेकाले बैंकहरुले ग्राहक खोजीखोजी सेयर कर्जा प्रवाह गर्न थालेका छन् । यहि अनुसारका स्किमहरु पनि विभिन्न बैंकहरुले ल्याएका छन् । बैंकले सस्तो ब्याजमा कर्जा दिन थालेपछि एकातर्फ लगानीकर्ताहरु बैंकमै ऋण लिन जान थालेका छन् भने अर्कोतर्फ ब्रोकरहरुले लिने ब्याज चर्को हुँदा ब्रोकरले दिने मार्जिन कारोबारको सुविधामा खासै आकर्षण नभएको पाइएको जानकार बताउँछन्।

प्रक्रिया पनि झन्झटिलो
यसो त बैंकहरुले केहि दिनमै सेयर कर्जा प्रवाह हुने भन्दै ऋणी खोजिरहेका छन् । केहि बैंकहरुले त एक दिनमै ऋण दिने भनीसमेत विज्ञापन गरिरहेका छन् । बैंकमा यस्तो सुविधा हुँदा मार्जिन कारोबारको प्रक्रिया भने झन्झटिलो हुने गरेको लगानीकर्ताहरुको गुनासो छ । मार्जिन लोनमा भएका केहि व्यवस्था संंशोधन गर्नुपर्ने तर्क लगानीकर्ताहरुको छ । यसो त मार्जिन लोनको कार्यविधि संसोधन गर्नुपर्ने आवाज उठीरहेका बेला उक्त कार्यविधि संशोधन गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव पठाईएको नेप्से स्रोतको भनाइ छ ।

के भए सहज होला मार्जिन लोन ?
मार्जिन कर्जा ५० प्रतिशतको सिमालाई संशोधन गरी ७० प्रतिशतसम्म पुर्याउन सके लगानीकर्ताहरुको आकर्षण बढ्ने विश्वास अधिकांसको छ । बैंकहरुबाट भन्दा सस्तो ब्याज र साहक प्रक्रियाबाट ऋण लिन पाए यसमा लगानीकर्ताहरुको पहुँच र आकर्षण बढ्ने जानकारहरुको भनाइ छ । बजार बढीरहेका बेला मार्जिन कर्जा सहज रुपमा पाइएको खण्डमा सबैले सहज रुपमा कर्जा पाउने र उक्त रकम सेयर बजारमा जाँदा त्यसले बजारको कारोबार रकमसमेत बढाउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्