Skip to content
LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर जारी गर्न कहिले गर्दैछ बुकक्लोज ?

अर्थ सरोकार

काठमाडौं – शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार, फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद भर्न पाउने छन् ।  
कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK