काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाको खुद नाफा ३० करोड ७ लाख ९४ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५१.१२% ले धेरै हो । गत वर्ष बैंकले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो ६ महिनामा बैंकको वितरणयोग्य नाफा भने २५ करोड ३६ लाख ६० हजार रुपैयाँ छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले खुद नाफा पनि बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६७.४८% र ५१.१६% ले बढेको छ । गत वर्ष ४० करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढाएर ६८ करोड ६६ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा २८ करोड २५ लाख ३० हजार रुपैयाँबाट बढेर ४२ करोड ७० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
बैंकले पुससम्ममा २६ अर्ब ७७ करोड ५६ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गर्दा २३ अर्ब ८९ करोड ८२ लाख ४८ रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ रहेको शाइन रेसुंगाको जगेडा कोषमा ५३ करोड ५२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
यता, खराब कर्जा भने ०.१७%बाट बढेर ०.६१% पुगेको छ । बैंकको प्रतिसेयर आम्दनी वार्षिक २२ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्