Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको २ नयाँ शाखा स्याङजाको वालिङ र ललितपुरको हात्तीवनमा, शाखा सञ्जाल १०१ पुग्यो

अर्थ सरोकार

स्याङजा

काठमाडौं – सिद्धार्थ बैंकले बिहिबार स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुराउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ८२ र (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
बैंकले १ सय १ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १६ सयभन्दा बढी पीओएस् मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैकि सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK