×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ५.३१ अंकले बढ्यो बजार, कारोबार एक अर्वमाथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार ५.३१ अंकले बढ्यो बजार, कारोबार एक अर्वमाथि

Artha Sarokar

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ५.३१ अंकले बढेर १३४२.३६ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको  ३२ लाख ६० हजार १९८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सिभिल बैंकको भएको छ । यस कम्पनीको कुल १३ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।
यता, बुधबार विकास बैंक, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र म्युतुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सिभिल बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेसनल हाइड्रो पावर र नेपाल हाइड्रो डेभलपर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी