काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । समिट लघुवित्त सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि बिहीबारदेखि सेयर कारोबार रोक्का भएको हो ।
समिटको हाल चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यस्तै, सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणमा सेयर जारी नगरेकाले सजिलो भने नेप्सेमा सूचीकृत छैन ।