काठमाडौँ – स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाबीच माघ २८ गते अर्थात मंगलबार प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभ्न लागेको हो । यद्यपि अन्तिम स्वाप भने डिडिए प्रतिवेदनको आधारमा तय हुनेछ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको छ। भने धनुषाको जनकपुर उपमहानगरपालिकामा केन्द्रिय कार्यालय रहेको जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ ।