×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कसैलाई तँ भन्न नपाइने नपाइने नियम बनाएको सत्तारुढ नेकपाले ‘मु…’ भन्ने नेतालाई कारवाही गर्ला ?

PRIME CA

कसैलाई तँ भन्न नपाइने नपाइने नियम बनाएको सत्तारुढ नेकपाले ‘मु…’ भन्ने नेतालाई कारवाही गर्ला ?

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । 
यो प्रकरणमा अर्को प्रसङ्ग पनि उठेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई केहि समय अगाडी ११ बुँदे आचार संहिता जारी गरेको थियो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ । जसमा कसैलाई तँ भन्न पनि नपाइने नियम बनेको थियो । तर अहिले सञ्चारमन्त्रीले ‘मु…’ भनेको अडियो सार्वजनिक भएको छ । यहि विषयलाई लिएर बाँस्कोटालाई कारवाही हुनुपर्ने माग नेकपाकै नेताहरुले गर्न थालेका छन् । उनलाई कारवाही हुन्छ कि हुँदैन, त्यो भने हेर्न बाँकी नै छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: