Skip to content
LAXMI SUNRISE BANK

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त !

अर्थ सरोकार

काठमाडौं । प्रहरी महानिरीक्षकमा सरकारले ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
आईजीपीमा नियुक्त भएसँगै ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन् । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि मंगलबार अर्थात आजदेखि सकिएको छ । खनालसँगै तीन एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो। ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK