काठमाडौं – युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १६.३९%ले वृद्धि गरी २ करोड २ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क पनि १३.०८%ले बढेको छ । गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष बढाएर १७ करोड ६१ रुपैयाँ पुर्याउन सफल भएको छ । यस्तै, कम्पनीले कुल १० करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम कुल ३८ कराड २९ लाख रुपैयाँ रहेको छ ।
यो पुसमसान्तसम्ममा कम्पनीले जीवन बिमा कोष पनि ९.५७% ले बढाएर ३३ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष जीवन बिमा कोषमा ३० करोड ६८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले महाविपत्ति कोषका लागि पनि ६९ लाख १४ हजार रुपैयाँ छुट्याएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८० लाख रहेको छ जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्