×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति लघुवित्तको खुद नाफा ४६.२५%ले वृद्धि, जगेडा कोष पनि मजबुत !

PRIME CA

उन्नति लघुवित्तको खुद नाफा ४६.२५%ले वृद्धि, जगेडा कोष पनि मजबुत !

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को दोस्रोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गएको छ । संस्थाले खुद नाफा ४ करोड ८५ लाख ४८ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित भएको छ पुगेको छ । यो नाफा गत बर्सको तुलनामा ४६.२५% ले धेरै हो । गत वर्ष यसैअवधिमा कम्पनीले ३ करोड ३१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २९.०४% र ४४.२६% ले बढेको छ । गत वर्ष ५ करोड १० लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको कम्पनीले यो वर्ष बढाएर ६ करोड ५८ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चानल नाफा पनि ३ करोड २९ लाख १९ हजारबाट बढाएर ४ करोड ७४ लाख ८९ हजार रुपैयाँ पुगेको छ । 
यो पुसमसान्तसम्ममा संस्थाको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष १८३.३७% ले बढेको छ । गत वर्ष २ करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको जगेडा कोषमा यो वर्ष बढाएर ८ करोड २६ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।
यता, संस्थाको खराब कर्जा भने केहि बढेको छ । गत वर्ष ०.७८% रहेको खराब कर्जा यो वर्ष बढेर १.८८% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ५९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: