
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाले खुद नाफा ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्बजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा १३३.६४% ले धेरै हो । गत वर्ष यस कम्पनीले २ करोड ४२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ७८.९४% ले बढेर १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ७ करोड ६ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ३ करोड २३ लाख ९९ हजार रुपैयाँबाट बढेर ८ करोड २ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा १४७.५७% बढेको छ ।
यो पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ०.१८% ले बढेर २.४५% पुगेको छ । गत वर्ष कम्पनीको खराव कर्जा २.४५% रहेको थियो । प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १९ पैसा रहेको विवरण छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्