×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत, साधन र जनशक्ति पुगेन : पर्यटनमन्त्री भट्टराई (भिडियो रिपोर्ट)

काठमाडौै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताउनुभएको हो । भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि न्यून रहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवद्र्धन र भ्रमणवर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
मन्त्री भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पार्नुभएको छ । संग्राहलयको मापदण्डमा नारायणहिटी रहने उल्लेख गर्दै भट्टराईले भन्नुभयो, ‘नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन यो संग्राहलयकै रुपमा रहनेछ । संग्राहलयको मापदण्डभित्र रहनेछ । होटल बनाउने योजना पनि छैन् । बन्दा पनि बन्दैन् । बरु कफि सपसम्म बन्न सक्छ । अरु कुनै व्यापारिक प्रयोजनका लागि संरचना बन्दैन् ।’
उहाँले कोरोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य बैकल्पिक बजारको खोजी भएको बताउनुभएको छ । चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरुसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उहाँले बताउनुभयो । 
बैठकमा मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले भन्दा धेरै सुधार आएको बताउनुभएको छ । तराई क्षेत्रमा रहेका राजविराज विमास्थल बाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताउनुभएको छ । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको बताउनुभएको छ । हेर्नुहोस् भिडियो  :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: