
काठमाडौं । देशभरका सबै अदालत दुई हप्ताका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस (कोभिड-१९)लाइ ध्यानमा राख्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता शुक्रबार बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन तर बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने छन् । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो । यस्तै राष्ट्रियसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ भने संघीय संसदका दुवै सदनको बैठकसमेत स्थगित भएका छन् । सरकारले सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्