×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामको लागि कृषि विकास बैंकको प्रदेश कार्यालय भैरहवाले गर्यो ५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK

कोरोना रोकथामको लागि कृषि विकास बैंकको प्रदेश कार्यालय भैरहवाले गर्यो ५ लाख आर्थिक सहयोग

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कृषि विकास बैंकको ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो मात्राको सहयोग गरेको हो ।
कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्य मन्त्री कार्यालयमा गई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त समयमा प्रदेश निर्देशकले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका विभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको जानकारी गराएका छन् ।
यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो ।
साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।
साथै यस अघि कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी