काठमाण्डौ – कोरोनाभाइरस नियन्त्रण गर्न बनाएको कानुुनलाई बेवास्ता गर्नेलाई अमेरिकाको न्याय विभाग कडा रुपमा प्रस्तुत हुुने भएको छ।
नयाँ आदेशअनुुसार कोरोना संक्रमण अरुलाई फैलाउनलाई आतंककारीको संज्ञा दिइने भएको छ। सीएनएनका अनुुसार डिपुुटी एर्टनी जनरल जेफरी रोसेनले जानाजानी अरुलाई यो भाइरस सार्नेलाई आतंककारीलाई गर्नेजस्तै कारबाही गरिनेछ।
नयाँ कानुुनअनुुसार जानीजानी अरुलाई कोरोना सार्नेलाई आजीवन काराबासको सजाय हुुने प्रावधानको व्यवस्था गरिएको छ। एक लिखित आदेशअनुुसार यस्तो गर्नेलाई बायोलोजिकल एजेन्ट मानिनेछ।
न्याय विभागअन्तर्गत पर्ने सबै एजेन्सीहरुलाई यस्तो कार्यमा संलग्न भएका व्यक्तिलाई आतंकवाद फैलाउने कसुुरमा पक्राउ गर्न आदेश दिइएको छ। आदेशअनुुसार अमेरिकी नागरिकलाई यो भाइरस सारेर संकटमा पार्नेलाई कुुनै पनि हालतमा नछोडिने जनाइएको छ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ हजार पुुगिसेको छ। त्यस्तै मर्ने मानिसको संख्या पनि ११ सयभन्दा बढी पुुगिसकेको छ। कोरोना संक्रमित देखिएको देशमा अहिले अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकामा चीनभन्दा पनि बढी संक्रमित देखिएका छन्।
अमेरिकी सरकार कोरोनाको नियन्त्रण र रोकथामका लागि गम्भिर भए पनि जानाजानी अरुलाई भाइरस सार्ने व्यक्तीका कारण यसले अमेरिकामा उग्र रुप लिँदैछ। सरकारले सामाजिक दूरी कायम गर्न दिएको आदेश पनि जनताहरु उल्लंघन गरिरहेका छन्।
युुयोर्कमा खिचियका पछिल्ला केही तस्बिरमा भीडभाड भएका दृश्यहरु देखिएका छन्। जसले गर्दा सरकारले दिएको आदेश पूर्ण रुपमा पालना नभएको जनाएको छ।
नागरिकले सरकारले दिएको आदेश र आग्रह नमान्दा अमेरिकामा कोरोना नियन्त्रण गर्न चुुनौतीपूूर्ण देखिएको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्