Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए अमेरिका यात्रामा प्रतिबन्ध, कोरोनाबाट प्रभावित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा !

अर्थ सरोकार

काठमाडौं – कोरोना भाइरसको त्रासको कारणले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका यात्रामा प्रतिबन्ध लगाएको छ । ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको हो । ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’

कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK