
काठमाडौं – कोरोना भाइरसको त्रासको कारणले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका यात्रामा प्रतिबन्ध लगाएको छ । ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको हो । ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’
कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्