काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार (चैत १७) अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा तोकेको छ । पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६६ पैसा रहेको छ भने युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ हुँदा युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।