काठमाडौं – अपि पावर कम्पनीले बुक क्लोज मिति तय भएको छ । कम्पनीले साधारण सभा र हकप्रदको लागि एकै दिन चैत १ गते बुक (शनिबार) क्लोज गर्ने भएको छ । यस अनुसार उक्त साधारण सभा र हकप्रदको फागुन २९ गते भित्र सेयरधनी बनिसक्नुपर्ने छ । यसअघि कम्पनीले चैत १ गतेबाट ७ गतेसम्म बुक क्लोज गर्ने बताएको थियो । त्यो सूचना गलत भएको भन्दै पुनः अर्को सार्वजनिक गरिएको हो । नयाँ सूचनामा हकप्रद र बोनस दुवैका लागि चैत १ गत १ दिन मात्र बुक क्लोज गर्ने उल्लेख छ ।
कम्पनीको साधारणसभा चैत ७ गते कार्की ब्यांकेट बबरमहलमा बिहान १० बजे सुरु हुनेछ । सभामा बोनस र हकप्रद सेयरपछि कायम चुक्ता पुँजीबाट फेरि ०.९०९६% (करिब ९१%) हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर वितरण गर्दैछ । आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्