Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार राई प्रहरीको फन्दामा

अर्थ सरोकार

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार १ जना प्रतिवादीलाई प्रहरीले चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 
उनीमाथि ९ लाख चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको छ । उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK