काठमाडौँ – अन्तर्राष्ट्रिय एसएमएस बाईपास गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले भारत वेष्ट बंगालका ३५ वर्षीय प्रशान्त साहलाई काठमाडौं महानगरपालिका-२५ टेंगाल नरदेवीस्थित तुल्सी महर्जनको घरको कोठाबाट पक्राउ गरेको हो।
उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास संचालन गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले साहले एसएमएस बाईपास गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने विभिन्न तार लगायतका सामाग्री प्रहरीले बरामद गरेको छ ।
विगतमा हुने अवैध अन्तर्राष्ट्रिय भिओआईपी कल बाईपास गर्ने गरेकोमा प्रहरीको सकृयतामा अपरेशन हुने गरेकोले पछिल्लो समयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक एसएमएस बाईपास गरी नयाँ तरिका अपनाएको प्रहरीले जनाएको छ ।
साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैँले लिएर आएको, यसका लागि आवश्यक सिम कार्ड र रिचार्ज कार्ड आफै विभिन्न पसलहरुमा गई बिना कागजात बढी रकम दिई लिने गरेको, अनलाइन मार्फत सम्पर्क गरी वर्ल्ड लिंकको ईन्टरनेट प्रयोग गरेको, साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि भनी पटक पटक नेपाल आउ जाउ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
आफैँले अन्तर्राष्ट्रिय केरियरसँग प्रत्यक्ष सम्पर्क गरी एसएमएस सीम बक्स फ्रड (एसएमएस बाइपास) गर्ने गरेको र अन्य व्यक्तिहरुको प्रयोग नगरी आफैले गोप्य रुपमा सम्पूर्ण काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साहलाई बाइपासमा प्रयोग हुने उपकरणसहित पक्राउ गरी दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्