×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारद्धारा कोरोना संक्रमणको न्यूनिकरणका लागि ६ वटा कार्यदल गठन (भिडियो रिपोर्ट)

PRIME CA

सरकारद्धारा कोरोना संक्रमणको न्यूनिकरणका लागि ६ वटा कार्यदल गठन (भिडियो रिपोर्ट)

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति मातहत रहनेगरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ ।
 यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वम समिति गठन भएको छ । यस्तै निर्णय-निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ । 
सञ्चारमन्त्री खतिडाले सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको उहाँले बताउनुभयो । स्वयमसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई स्थानीय र प्रदेश सरकार मार्फत सहकार्य गरी अगाडी बढ्ने निर्णय भएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: