×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ समितिमा बीमाबारे ‘रोचक र घोचक’ बहस : सांसद र अर्थमन्त्रीको जुहारी चल्दा जे देखियो… (हेर्नुहोस् १८ तस्विर)

काठमाडौँ । बेलाबेलामा नेताहरुको रोचक दोहोरी, र जुहारी हेर्न पाइन्छ । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा दफाबार छलफल चलेको बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रस्तावनाको विषयमा बहस हुँदा बीमा व्यवसाय हो वा सेवा हो भन्ने विषयमा संसदको अर्थसमितिमा अर्थमन्त्री र सांसद प्रेम सुवालबीच मज्जाको जुहारी चलेको हो । उक्त छलफलमा प्रेम सुवालले बीमा गर्न आवश्यक नरहेको दाबी गरेका थिए । 
यस्तो थियो सुवाल र खतिवडाबीच चलेको जुहारी : 
प्रेम सुवाल : बीमा व्यवसाय होइन, बीमा कैसैले व्यवसाय मान्न तयार छैन । व्यवसाय गर्न उत्पादन, बिक्री वितरण आवश्यक पर्छ।
अर्थमन्त्री : बीमा व्यवसाय नै हो । यसलाई व्यवसाय होइन भन्न मिल्दैन।
अर्थ समिति सभापति : बीमा व्यसाय त हो तर सेवासहितको व्यवसाय हो ।
प्रेम सुवाल : बीमा व्यवसाय भन्ने परिभाषा गर्नेलाई पीएचडी अवार्ड दिइयोस् । अर्थशास्त्री बोलाएर छलफल गरियोस् । बीमा व्यवसाय होइन ।
अर्थमन्त्री : जतिसुकै अर्थशास्त्री बोलाए पनि बीमा व्यसाय नै हो । संशोधन गर्नुपर्छ भन्ने सरकार ठान्दैन ।
प्रेम सुवाल : यसरी पेलेर मनपरी कानुन नल्याइयोस् ।
अर्थमन्त्री र सांसद प्रेम सुवालको जुहारी चलिरहँदा उपस्थितहरु ध्यान प्राय सबैको त्यतितिर थियो । प्रेम सुवालले बीमा गर्नुपर्ने चीज नै होइन भन्दा बीमा समितिका अध्यक्ष अचम्मित परेको जस्तो देखिन्थ्यो । अर्थमन्त्रीका कतिपय कुरा उपस्थितहरुलाई चित्त बुझेको थिएन । तर रोचक र घोचक बहस सुन्दा ‘हल्का रमाइलो’ भने सबैले माने । तर ‘सिरियस’ विषयमा भएको बहसमा आएका कतिपय तथ्यमाथि सांसदहरुले अध्ययन नगरेको देख्दा कतिपय सहभागी दिक्क देखिन्थे । १८ तस्विरमा हेर्नुहोस् बहस चलिरहँदा उपस्थितहरुको हाउभाउ: 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: