
काठमाडौँ – अर्थ मन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ । बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेो गरिबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईमा जित प्राप्त नगर्दा सम्म नफर्किने बताउनुभयो । पदभार ग्रहणपछि खतिवडाले आफु न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डर फिर्ता नबोलाउँदा सम्म नआउने बताउनुभयो । दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भन्नुभयो, ‘कार्यकालको विष्षयमा सुरुकै दिन के हिसाब गर्नु ।
बजेट निर्माण, आथिृक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन, सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ । योद्धा लडाईमा त्यो बेलासम्म लडिरहन्छ जुनबेलासम्म कमाण्डरले फिर्ता होउ भन्दै या युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दै तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन् ।’
दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उहाँले बताउनुभयो । बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेट मार्फत बोलेका कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पुरा नभएका कामहरु पुरा गर्दै जाँने उहाँले बताउनुभयो ।
खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिनुभएको थियो । यसअघि मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिनुभएको थियो । हेर्नुहोस् भिडियो ;
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्