
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेको खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष खतिवडाले राजीनामा दिएका हुन् ।
डा.खतिवडाको राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल मंगलबारबाट सकिएको छ। तर संविधानको धारा ७८ अनुसार खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त हुनेछन्। धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
स्रोतका अनुसार सोही अनुसार डा. खतिवडा भोली (बुधबार) नै पुन अर्थ र सञ्चार मन्त्रीमा नियुक्त हुनेछन् र भोली नै सपथ ग्रहण पनि गर्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्