×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल स्टक ब्रोकर एसोसिएसनले पनि आइतबारदेखि सेवा बन्द गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना प्रभाव : मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल स्टक ब्रोकर एसोसिएसनले पनि आइतबारदेखि सेवा बन्द गर्ने

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल स्टक ब्रोकर एसोसिएसनले आज (आइतबार)देखि एसोसिएसनले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गर्ने भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई आत्मसाथ गर्दै सेयर कारोबार सेवा बन्द गरिएको हो । 
मर्चेन्ट बैकर एसोसिएसन र ब्रोकर एसोसिएसनको शनिबार बसेको बैठकमा सबै सदस्यले प्रधानमन्त्रीको निर्देशनको पालना गर्नुपर्ने सहमति गरेपछि आइतबारदेखि सेवा बन्द गर्ने भएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी