×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एटिएम नभएका स्थानमा बैंकका सिमित शाखा खुल्ला रहने, ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने !

PRIME CA

एटिएम नभएका स्थानमा बैंकका सिमित शाखा खुल्ला रहने, ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने !

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एटिएम नहुने स्थानमा सिमित समयका लागि बैंकका शाखा कार्यालय खुल्ला हुने भएका छन् । देश लकडाउन भइरहेका बेला सर्वसाधारणलाइ नगदको समस्या पर्न सक्ने भन्दै एटिएम नभएका स्थानहरुमा बैंकहरुले सिमित समयका लागि शाखा कार्यालय खोल्ने भएका हुन ।
नेपाल बैंकर्स संघ बैंकहरुले निश्चित क्षेत्रका शाखाहरु २ घन्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने जनाएको छ । तर बैंकहरुले नगद बाहेकका अन्य सेवा भने छैनन् । कुन–कुन ठाउँका बैंक शाखा खुल्ला राख्ने भन्ने सूची तयार नपारेको संघले जनाएको छ । 
यसअघिनै  बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् । साथै संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो । यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । संघले ग्राहकहरुलाई सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न आग्रहसमेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: