×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएम बुथहरुमा हाम्रो ‘अनुगमन’ : वाणिज्य बैंकले खुलेआम ठग्छ, सनराइजको बुथ फोहोर, सेनिटाईजर कतै छैन !

काठमाडौँ । देशभर लकडाउन हुँदा जनतालाई सबैभन्दा बढी चाहिन सक्ने चीज हो एटिएम । यहि एटिएम बुथहरुको अवस्था कस्तो छ त ? हामी यसैबारे ‘मिडिया अनुगमन’ गर्न हाम्रो कार्यालय वरपरका एटिएमहरुमा पुग्यौँ । घरमै बसेर काम गरिरहनुभएका हाम्रा सहकर्मीहरुलाई पनि त्यहाँको स्थितिबारे बुझ्न भन्यौँ । हाम्रो अनुगमनका क्रममा एउटा सार्है जटिल कुरा फेला पर्यो । हामीले अनुगमन गरेका कुनै पनि एटिएम बुथहरुमा सेनिटाईजर छैन । 
बैंकर्स संघले कुनै पनि बैक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने भनेको छ । तर हामीले वाणिज्य बैंकको एटीएमबाट प्रभु बैकको एटिएम छिराएर ६५०० रुपैयाँ झिक्न खोज्दा  हामीलाई ४०० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने बताइयो । यो सरासर ठगी हो । यससम्बन्धि विशेष समाचार यहाँ छ।   
सनराइज बैंकको तिनकुनेस्थित बुथ निकै फोहोर छ । भित्र कसैले केहि फालेर कुहिएजस्तो गन्हाईरहेको छ । झट्ट हेर्दा यस्तो अवस्थामा त्यहाँ जोखिम छ ।   ग्लोबल आइएमइ बैंकको तिनकुनेस्थित एटिएम एकदम ठिक छ । त्यहाँबाट प्रभु बैकको एटिएम झिकेर पैसा निकाल्दा कुनै पनि पैसा काटिएन ।  
एनएमबि बैंकको एटिएम पनि ठिकठाक छ । तर स्वास्थ्यको ख्याल गरिएको छैन । सेनिटाइजर छैन । बुथभित्र छिर्दा मास्क खोल्नु भनिएको छ । त्यो सूचना भने नराखिदिएको भए हुने थियो ।
मेगाको एटिएम पनि ठिक छ । यहाँबाट पनि अर्को बैंकको एटिएम राखेर पैसा झिक्दा कुनै पैसा काटिएन ।   
हिमालयन बैंकको एटीएम पनि ठिक छ । 
प्रभु बैंकको एटिएम पनि एकदम ठिक अवस्थामा छ । 
एटिएम लन्जभित्रका एनआइसी एशिया, नबिल, प्रभु लगायत सबै बैकका एटिएम ठिक छन् । तर यहाँ सेनिटाइजर छैन ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: