
‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बोलेको यो वाक्यांशले धेरैलाई अल्मलाएको पाइएको छ । अत्यावश्यक सेवाभित्र परेपनि केहि सेवाहरु भन्दा बन्द गरिएको छ । जस्तै हवाईमार्फबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा पनि अत्यावश्यक सेवामा पर्छ तर यी सेवाहरु बन्द हुने भएका छन् ।
अन्य अत्यावश्यक सेवा निम्नानुसार छन्
अत्यावश्यक सेवाहरुमा बैंकसहित यी सेवाहरु पनि पर्ने भएकाले राष्ट्र बैंकको निर्णय नै कुर्नुपर्ने अवस्था भने छ । अत्यावश्यकको लिष्टमा रहेको हवाईसम्बन्धि सेवा सरकारले बन्द गर्ने निर्णय गरिसकेको छ।
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
बुँदा नम्बर १४ र १५ मा बैंकिङ सेवा र बीमा सेवा पनि अत्यावश्यक सेवाका रुपमा लिइएका छन् । तर सरकारले अत्याधिक मानिसको भीड हुने हुनाले बैंकहरु बन्द गर्न आवश्यक निर्णय लिन नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्