
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको ज्यान गएको अष्ट्रेलियन सञ्चारमाध्यले जनाएका छन् । गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो।
बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिका थिए। लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा एकजनाको मंगलबार मृत्यु भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताएका छन्। घटनामा संलग्न रहेको भन्दै प्रहरीले चारजना नेपाली युवकलाई पक्राउ गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्