
काठमाडौं । बाँकेको चप्पल कारखानामा आगोलागी हुँदा करिब १० करोड बराबरको क्षति भएको छ । बाँकेको जानकी गाउँपालिका–३ मा रहेको जयश्री सियाराम चप्पल कारखानामा आगोलागी भएको हो ।
आगलगीमा एक जना घाइते समेत भएका छन् । मध्यराति १ः१५ बजे आगो लागेको प्रहरीले जनाएको छ । घटनामा सयौं टन तयारी चप्पल तथा स्टक मालबस्तु र भौतिक संरचना जलेर नष्ट भएका छन् ।
राति नै भेला भएका स्थानीयबासी तथा प्रहरीले केही मेशिन तथा उपकरणहरु भने जोगाउन सफल भएको बाँके प्रहरी कार्यालय एसपी बीर बहादुर ओलीले बताएका छन् । आगोलागी नियन्त्रणको लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल तथा सुरक्षाकर्मीहरु परिचालित भएका थिए ।
सञ्चालक अमरजित सिंहले कम्तीमा १० करोड रुपैयाँको सम्पत्ति नष्ट भएको दावी गरेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगोलागीबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्