
कैलाली । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना प्रकोपलाई लिएर नेपालमा उच्च सतर्काता अपनाईएका बेला राष्ट्रिय बाणिज्य बैंकको अत्तरिया साखाले सराहनीय काम गरेको छ । कैलालीको गोदावरी नगरापलिका २ अत्तरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड अत्तरिया शाखाले यस्तो उदाहरणीय काम थालेपछि सुदुरपश्चिमभरि नै यो कामको उच्च प्रसंसा भएको छ। बैंकले सुरु गरेको यस्तो कार्यले एकातर्फ बैंकप्रति जनताको विश्वास बढेको छ भने अर्कोतर्फ स्वास्थ्य चेतना पनि बढेको छ ।
पैसा गोजीमा, मास्क मुखमा !
चेक साट्दा मास्क पनि पाएपछि सेवाग्राहीहरु दङ्ग परेका छन् । बैंकका शाखा प्रमुख जित जंग सिंहका अनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मास्क वितरण गरिरहेको हो । यो कार्यक्रम अन्तरगत १ हजार मास्क वितरण गरिने उनको भनाइ छ । यस्यतै बैंकको मुलगेटमा कोरोना रोगको पहिचानका लागि ‘हेल्थ डेस्क’समेत स्थापना भएको छ । उनका अनुसार बैंकले सेवाग्राहीलाई सचेत गराउनको लागि बैंकका भित्ताहरुमा कोरोना संम्बन्धि सचेतनाका पोस्टर समेत लगाउने कामसमेत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्