×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला सरकारी बैंककै ‘लुट’, एटिएमबाट ६५०० रुपैयाँ झिक्दा ४०० रुपैयाँ शुल्क ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संकटका बेला सरकारी बैंककै ‘लुट’, एटिएमबाट ६५०० रुपैयाँ झिक्दा ४०० रुपैयाँ शुल्क ! (प्रमाणसहित)

Artha Sarokar

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विपतका बेला सबैलाई सहयोग गर्नुपर्ने ठाउँमा बैंकर्स संघले गरेको निर्णय विपरित राष्ट्रिय वाणिज्य बैंकले लुट मच्चाएको खुलासा भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड कुनै पनि बैक तथा वित्तीय संस्थाको संघले यस्तो निर्णय गरेका थिए । तर राष्ट्रिय वाणिज्य बैंकबाट भने एक पटक पैसा निकाल्दा ४०० रुपैयाँ शुल्क लाग्ने सन्देश देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको मिलनचोकमा रहेको एटिएमबाट ६५०० रुपैयाँ निकाल्न खोज्दा ४०० रुपैयाँ अतिरिक्त शुल्क लाग्छ भन्ने यस्तो सन्देश आएको हो । प्रभु बैंकको एटिएमबाट पैसा निकाल्न खोज्दा यस्तो सूचना आएको हो ।  
के भन्छ बाणिज्य बैंक ?
यस विषयमा हामीले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठलाई फोन गरेर बुझयौं ० उनले त्यस्तो हुनु नपर्ने भन्दै आफ्नो कार्ड विभागबाट फोन आउने बताए । लगत्तै रिको स्थापित नाम गरेका बैंकका कर्मचारीले फोन गरी यस बारे बुझे । ‘यो हाम्रो गल्ती होइन, प्रभु बैंकको गल्ती हो । उसले तपाईंलाई जारी गरेको कार्डको विवरण हामीलाई नपठाएको हुनाले त्यहि एक्सेस गर्न ४०० रुपैयाँ थप शुल्क लाग्ने हो ।’
‘त्यो जानकारी कसले दिनुपर्ने हो ?’ हाम्रो प्रश्नमा उनले भने, ‘हामीलाई प्रभु बैंकले दिनुपर्ने हो । दिएको रहेनछ भने त्यो शुल्क लाग्यो ।’ उनले भने । त्यसो भए संघले किन जुन एटिएमबाट पनि पैसा निकाल्दा शुल्क लाग्दैन भनेर विज्ञप्ति निकाल्यो त ? तयारी नपुगी निस्केको हो विज्ञप्ति ? कुरा ग्राहकलाई कसरी थाहा हुन्छ ?’ हाम्रो प्रश्नमा उनले फेरी भने, ‘काटिएको पैसा हामी फिर्ता गर्नेछौं । तर प्रभु बैंकले हामीलाई जानकारी नदिएर यस्तो समस्या भएको हो । तपाईंको डिटेल एसएमएस गर्नुहोस् काटिएको पैसा फिर्ता हुन्छ ।’        
सिन्धुली
यता प्रभु बैकले भने त्यसरी कुनै पनि बैंकले शुल्क लिन नपाउने बताएको छ । ‘बैंकर्स संघबाट निर्णय नै भइसकेको छ । त्यसैले कुनै पनि एटिएमबाट पैसा झिक्दा कसैले पनि शुल्क लिन पाउँदैन । हामीले हाम्रो तर्फबाट दिनुपर्ने जानकारी सबै ठाउँमा पठाईसकेका छौं । पैसा लाग्नु हुँदैन ।’ प्रभु बैंकका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।      
बैंकर्स संघको विज्ञप्ति भन्छ, ‘कुनै पनि एटिएमबाट पैसा झिक्दा पैसा शुल्क लाग्दैन’
यता यस विषयमा बुझ्न हामीले बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई फोन गर्यौँ । तर उनले हाम्रो फोन काटिदिए । विज्ञप्तिमै प्रष्टसँग लेखिएको कुरा लागु भएको देखिएन । वाणिज्य बैंकले प्रभु बैंकको दोष देखाएर पन्छिने काम गरेको छ । जसको दोष भएपनि जनताले दुख पाए । संघको निर्णयमा प्रश्न उठ्यो ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी