×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको सन्त्रास : लकडाउनको अवधिमा खटिएका बैंकका कर्मचारीले विशेष सुविधा पाउने !

LAXMI SUNRISE BANK

कोरोनाको सन्त्रास : लकडाउनको अवधिमा खटिएका बैंकका कर्मचारीले विशेष सुविधा पाउने !

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लकडाउनका अवधिमा पनि केहि बैंकका केहि शाखाहरुले सेवा दिइरहेका छन् । लकडाउनका समयमा बैंकका उक्त शाखामा खटिएका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । ग्राहकहरुलाई नगदको आवश्यकता पर्नसक्ने भन्दै उक्त समस्यालाइ कम गर्न बैंकहरुले केहि शाखा खुल्ला गरी सेवा दिइरहेका हुन् ।
बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार लकडाउनका समयमा खटिएका कर्मचारीहरु विशेष सुविधा पाउनेछन् । विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने उनले जानकारी दिए । यसो त बैंकर्स संघले सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन ग्राहकहरुलाई आग्रह गरिरहेको छ । 
बैंकहरु नियामक नेपाल राष्ट बैंकले एटीएममार्फत नगद प्रवाहको व्यवस्था मिलाउन भनेको छ । यस अवधिमा खुलेका बैंकका शाखाले नगदको मात्र काम गर्नेछन् । सरकारले पुन: लकडाउनको अवधि थप गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी