काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकहरुलाई बैंकिङ सेवा नियमित रुपमा दिने भएका छन् ।अत्यावश्यक सेवामा पर्ने भएकाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका सबै शाखा कार्यालयहरुका काउन्टर खुल्लै हुनेछन् ।
यता नेपाल बैंकर्स संघले भने सबै बैंक तथा वित्तीय संस्थाहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाएका छन् । अहिले कुनै एउटा बैंकको एटिएम कुनै अर्को बैंकको एटिएम प्रयोग गरी रकम निकाल्दा कुनै शुल्क काट्दैन । साथै डिजिटल कारोबारलाइ पनि निशुल्क बनाइएको छ भने इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन ।
त्यसकारण ग्राहकहरुलाई संघले घरमै बसेर कारोबार गर्न सुझाएको हो । सरकारले २५ जना भन्दा बढी भेलामा प्रतिबन्ध लगाएसँगै ग्राहकहरुलाई मध्यनजर गरी संघले यस्तो गरेको हो । संघका अध्यक्ष दाहालले बैंकका हरेक शाखा कार्यालयहरुमा सावधानीका लागि हृयाण्ड स्यानिटाइजर तथा मास्क राख्न अनुरोध गरिएकोसमेत गरिएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्