काठमाडौं। लकडाउनका बेलामा पनि बैंकमा गएर काम गर्नेलाई विशेष प्याकेज ल्याउन बैंकर्स संघले प्रस्ताव गरेको छ । लकडाउनको समयमा घरमा बस्ने र काममा खटिने कर्मचारीबीच को तलव सुविधा उही हुन नहुने कुरा संघमा अनौपचारिक रुपमा उठेको थियो ।
यद्यपी संघले सबै बैंकलाई ‘यसो नै गर’ भन्न सक्ने हैसियत राख्दैन । सबै बैंकले आफ्नो हिसाबले निर्णय गर्नुपर्छ । ‘तर जाहेज छ । हामी त बम्पर प्याकेज ल्याउने तयारीमा छौँ’ एकसीइओले अर्थ सरोकार डटकमसँग भने ।