Skip to content
LAXMI SUNRISE BANK

बैंक र बीमा सेवा बन्द हुन्छन् कि खुल्ला ? आयो राष्ट्र बैंक र बीमा समितिको औपचारिक धारणा !

अर्थ सरोकार

काठमाडौँ । ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने प्रधानमन्त्रीको सम्बोधनपछि बैंक तथा बीमा कम्पनीहरु के हुन्छन् भन्ने प्रश्न उठिरहेका बेला नेपाल राष्ट्र बैंकले औपचारिक धारणा बाहिर ल्याएको छ। 
नेपाल राजपत्रमा अत्यावश्यक भनिएको हवाईसेवा बन्द हुने भएपछी बैंकिङ सेवा र बीमा सेवा के हुन्छ भन्ने अन्योल थियो।   तर नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टले बैंकिङ सेवा तत्काल बन्द नहुने स्पष्ट पारेका छन् भने  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि बीमा कम्पनीहरु बन्द नहुने बताएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK