
काठमाडौँ । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ‘अल्टरनेट डे’मा विदा दिने तयारी गरेका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले दिएको जानकारी अनुसार बैंकर्स संघमै छलफल गरेर बैंकहरुले यस्तो तयारी गरेका हुन् ।
‘बैंकहरुमा कारोबार निकै घटेको छ । राष्ट्र बैंकले पनि परिस्थिति के हुन्छ, हेरौं भनेको थियो । अवको परिस्थिति अनुसार बैंकरहरुलाई अल्टरनेट डे’ पारेर बिदा दिने तयारी गरेका छौं । हाम्रो बैंकमात्र होइन अधिकांस बैंकहरुमा त्यहि तयारी छ ।’ ती सीइओले भने ।
अत्यावश्यक सेवा भएका कारण बैंकहरुलाई बिदा नदिनेगरी राष्ट्र बैंकले सूचना निकालेपछि बैंकहरुले आन्तरिक रुपमा यस्तो तयारी गरेका हुन् ।
दिन बिराएर बिदा दिने काम कहिलेबाट सुरु हुन्छ ?
‘मंगलबार त घोडेजात्राकै बिदा छ । बुधबार सबैसँग फेरी छलफल गरेर निस्कर्षमा पुग्छौं ।’ ती सीइओले भने, ‘यो योजनाभन्दा पनि बढी आवश्यकता भइसक्यो । काठमाडौँमा नै कोरोनाका संक्रमित भेटिसकेको अवस्थामा, यो स्थितिलाई अलि गम्भीर भएर हेर्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्