×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित युवतीका बावुको मनछुने बयान, ‘खबर सुनेपछि उनकी आमा बेस्सरी रोइन्…अहिलेसम्म बोलेकी छैन ‘

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमित युवतीका बावुको मनछुने बयान, ‘खबर सुनेपछि उनकी आमा बेस्सरी रोइन्…अहिलेसम्म बोलेकी छैन ‘

१५ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

म, मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छौं । म यहाँ बस्न थालेको १८ बर्ष भयो। जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । उनी घुम्न भनेर यहाँ आएकी थिइन् । उनी कारणवश म १२ फागुनमै नेपाल आउनुपरेपछि उनी साढे दुई महिना बसेर ४ चैतमा नेपाल फर्किइन् । काठमाडौं झरेपछि उनी प्लेनमा पोखरासम्म आइन र पोखराबाट जीपमा बागलुङ आइपुगिन् । 
एक दिन बेलुकीपख सामान्य ज्वारो आयो । सिटामोल खान दिएपछि अर्को दिन निको भयो । तर १० चैतमा एउटा खबर आयो कि फ्रान्सबाट कतार हुँदै आएकी एक जना युवतीमा कोरोना भाइर को संक्रमण देखियो । त्यसपछि मनमा शंका लाग्यो, छोरी पनि कतारलाई नै ट्रन्जिट बनाएर आएकी थिइन् । मेरी छोरी र कोरोना संक्रमित चढेको विमान एउटै परेछ–कतार एयरको क्यूआर ७५२ । त्यसपछि अस्पतालबाट स्वास्थ्यकर्मीको टिम आएर थ्रोट स्वाब लिएर जानुभयो ।
छोरीको पनि कोरोनाको रिपोर्ट पोजटिभ आएछ । छोरीलाई कसरी क कोरोना संक्रमण भयो रु म अत्तालिएँ । छोरीले पनि समाचारहरुबाटै आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन् । त्यो खवर सुनेर निकैबेर रोइन् । अहिलेसम्म मसँग केही बोलेकी छैनिन् । अरुसँग पनि बोलेकी छैनन् ।
हामीले सतर्कता अपनाएका छौं । मेयर, डाक्टर सा’बहरुले फोन गर्नुभएको छ । उहाँहरुले ‘नआत्तिनुस् । केही जटिल लक्षण देखियो भने तुरुन्त सम्पर्क गर्नुहोला । हामी आइहाल्छौँ’ भन्नुभएको छ । आफन्तहरु पनि फोन गरेर हौसला दिइरहनुभएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: