
काठमाडौं । इन्ट्रिग्रेटेड ग्रुप नेपालका कार्यकारी अध्यक्ष भरत पराजुलीले स्वास्थ्य मन्त्रालयको आपतकालिन तथा विपद व्यबस्थापन ईकाईलाई ४० सेट पिपिई हस्तान्तरण गरेका छन् ।
पराजुलीले सबै सामाग्री नेपालकै बजारबाट किनेको जानकारी दिए । ‘१ सेट पिपिईको मुल्य अभिवृद्धिकर भ्याट बाहेक ८ हजार ५ सय रुपैयाँ पर्यो’, पराजुलीले भने, कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस भनेर आफुले सकेको सहयोग गरेको हूँ ।’ हरेक पिपिई सेटमा ‘एन–९५’ माक्स, चस्मा, पञ्जा, हेलमेट, शरिरमा लाउने कपडा, जुुत्ता, स्यानीटाईजर, जुत्ता कभर सहित ८ प्रकारका स्वास्थ्य सामाग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप रहेका छन् ।
उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका विचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । पिपिई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोसन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्